पदमल समरापेरुमा

उपाध्यक्ष - रणनीति र व्यापार योजना, कोका-कोला भारत र दक्षिण पश्चिम एशिया

पदमल समरापेरुमा कोका-कोला भारत र दक्षिण पश्चिम एशियाका लागि रणनीति र व्यापार योजना प्रमुख हुनुहुन्छ। उहाँको हालको भूमिकामा, पदमल कम्पनीको विकास र स्थिरताका लागि कर्पोरेट रणनीतिक पहलहरू तयार गर्न, सञ्चार गर्न, कार्यान्वयन गर्न र यसलाई दिगो बनाउन जिम्मेवार हुनुहुन्छ। वित्त, लेखापरीक्षण र खरिद जस्ता विविध व्यापारिक प्रकार्यहरूमा काम गरिसकेपछि, पदमलसँग कम्पनीलाई उच्च स्तरको कार्यसम्पादन हासिल गर्न मदद्त गर्नको लागि सही व्यावसायिक क्षमता छ।

पदमलसँग 24 वर्षको अनुभव रहेको छ, जसमध्ये 18 वर्ष भन्दा बढी कोका-कोला प्रणाली भित्रकै अनुभव रहेको छ। उहाँले सन् 2003 मा श्रीलंकामा हाम्रो बोट्लिङ ओपरेशनसँग कम्पनीमा सामेल हुनुभयो जहाँ उहाँले वित्त क्षेत्रमा विभिन्न भूमिका निभाउँदै अन्तमा वित्तीय नियन्त्रकको भूमिका निभाउनुभयो।

अन्ततः सन् 2008 मा पदमल कम्बोडिया जानभुयो र कोका-कोला कम्बोडियाको प्रमुख वित्तीय अधिकृतको रूपमा पदभार ग्रहण गर्नुभयो। त्यसपछि मे 2013 मा उहाँलाई BIG इन्डोचाइनाको खरीद निर्देशक र BIG भियतनामका लागि प्रमुख वित्तीय अधिकृतको रूपमा 5 वर्षे कार्यकालको लागि भियतनाममा सारियो।

यो कार्यकालमा उहाँले वित्त र खरीदमा धेरैवटा नेतृत्व पदहरू सम्हाल्नुभयो र वाणिज्य र ट्रेजरीमा उहाँको गहन ज्ञान र अनुभवले मुनाफा र मार्जिन रूपान्तरणका साथै भियतनाम, कम्बोडिया र श्रीलंकाका सञ्चालनहरूमा व्यापारको विस्तारमा निरन्तर परिणामहरू हासिल गर्न मद्दत गर्‍यो।

भारत जानु अघि, उहाँ बोटलिंङ इन्भेस्टमेन्ट ग्रुप – सिङ्गापुरको लागि रणनीतिक र व्यापार योजना निर्देशक (+2 वर्ष) हुनुहुन्थ्यो जहाँ उहाँले नेतृत्व टोलीको एक प्रमुख सदस्यको रूपमा काम गर्दै BIG कर्पोरेट कार्यालयलाई एटलान्टाबाट सिङ्गापुरमा स्थानान्तरण गर्ने क्रममा महत्वपूर्ण भूमिका निभाउनुभएको थियो। व्यापार योजना प्रक्रियाहरूलाई व्यवस्थित गर्न महत्त्वपूर्ण भूमिका निभाउँदै, उहाँ मार्जिनमा सुधार सहित वृद्धि र परिणामहरू हासिल गर्ने क्रममा अभिन्न अङ्ग हुनुहुन्थ्यो।

प्रणालीमा सामेल हुनु अघि, पदमल आतिथ्य व्यवस्थापन उद्योग र वित्तीय सेवाहरूसँग आवद्ध हुनुहुन्थ्यो।

उहाँले श्रीलङ्काको श्री जयवर्धनेपुरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर डिप्लोमा र चार्टर्ड इन्स्टिच्युट अफ मार्केटिङ (CIM-UK) बाट मार्केटिङमा स्नातकोत्तर डिप्लोमा प्राप्त गर्नुभएको छ। उहाँ चार्टर्ड इन्स्टिच्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्ट्स (CIMA-UK) को सदस्य र सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स (CMA-अस्ट्रेलिया) को सदस्य पनि हुनुहुन्छ।

पदमलको एकजना युवा छोरा हुनुहुन्छ, जोसँग उहाँ आफ्नो फुर्सदको समय बिताउन मन पराउनुहुन्छ। उहाँ एक खेल प्रेमी हुनुहुन्छ र उहाँलाई फुटबल, क्रिकेट र रग्बी खेल्न मन पर्छ। उहाँलाई संगीत र यात्रा मन पर्छ।