प्रयोगका शर्तहरू

लागु हुने मिति: 1 फेब्रुअरी 2023

लागु अवधि: 1 फेब्रुअरी 2023

1. यो साइट प्रयोग गरेर तपाईं यी सर्तहरूमा सहमत हुनुहुन्छ। वेबसाइट https://www.coca-cola.com/np/ne ('साइट') मा तपाईंको पहुँच तथा प्रयोग निम्न अनुसार प्रयोगका सर्तहरू र लागू हुने सबै कानुन र नियमहरूको अधीनमा छ। साइटको तल रहेको 'प्रयोगका सर्तहरू' को हाइपरटेक्स्ट लिङ्कमा क्लिक गरेर प्रयोगका सर्तहरूको सबैभन्दा नयाँ संस्करणमा पहुँच गर्न सकिन्छ। साइटमा पहुँच गरेर तथा यसको प्रयोग गरेर, तपाईंले बिना सीमा वा योग्यता, यी प्रयोगका सर्तहरू स्वीकार गर्नुहुन्छ, साथै तपाईं र द कोका-कोला कम्पनी ("TCCC") माझको यस विषयवस्तुको सन्दर्भमा अन्य कुनै पनि सम्झौताहरू प्रतिस्थापित हुनेछ भनी स्वीकार गर्नुहुन्छ। यदि तपाईं, बिना सीमा वा योग्यता, यी प्रयोगका सर्तहरूमा सहमत हुनुहुन्न र स्वीकार गर्नुहुन्न भने, कृपया साइटबाट बाहिर निस्कनुहोस्।

2. सामग्रीको स्वामित्व: सबै पाठ, लोगो, भिडियोहरू र छविहरू ("सामग्री") लगायत तर यसैमा सीमित नरहने गरि साइट र यसका सबै सामग्रीहरू द कोका-कोला कम्पनीको स्वामित्वमा छन् र अन्यथा उल्लेख नगरेसम्म सर्वाधिकार सुरक्षित छन्। यस साइटमा लोगो, ब्रान्ड पहिचान र अन्य ट्रेडमार्क र सेवा चिन्हहरू (सामूहिक रूपमा, "चिन्हहरू" भनिने) हुन्छन् जो द कोका-कोला कम्पनी र/वा यसको सहायक कम्पनीहरूको दर्ता गरिएको र/वा दर्ता नगरिएको ट्रेडमार्क हो। यस साइटमा समावेश भएको कुनै पनि कुरालाई TCCC वा साइटमा भएको चिन्हको स्वामी हुन सक्ने कुनैपनि तेस्रो पक्षको लिखित अनुमति बिना यस साइटमा भएको कुनैपनि चिन्ह निहितार्थ, एस्टोपेल वा अन्य प्रकारले प्रयोग गर्ने इजाजतपत्र वा अधिकारका रुपमा व्याख्या गरिनु हुँदैन। तपाईंले यो प्रयोगका सर्तहरूमा व्यवस्थित गरिएको बाहेक कुनैपनि सामग्रीलाई सामग्रीको स्वामीको लिखित अनुमति बिना प्रयोग गर्न निषेध गरिएको छ। तपाईंलाई यो पनि जानकारी गराइन्छ कि द कोका-कोला कम्पनीले पूर्ण रूपमा, फौजदारी अभियोजनको खोजी गर्ने लगायत, कानूनको पूर्ण हदसम्म यसको/उनीहरूको बौद्धिक सम्पत्ति अधिकारहरू लागू गर्नेछ।

3. साइटको प्रयोग र उमेर सीमा। साइट 18 वर्ष र बढी उमेरका मानिसहरूको लागि मात्र हो।

4. तपाईंद्वारा साइटको प्रयोग: TCCC ले तपाईंलाई निम्न अनुसार साइटको प्रयोग गर्ने अनुमति दिन्छ:

  • तपाईंले सामग्री डाउनलोड गर्न सक्नुहुन्छ, तर गैर-व्यावसायिक, व्यक्तिगत प्रयोगको लागि मात्र साथै तपाईंले सामग्रीमा समावेश सबै प्रतिलिपि अधिकार र अन्य स्वामित्वका सूचनाहरू पनि आफूसँग राख्नुहुन्छ भने;
  • TCCC को लिखित अनुमति बिना तपाईंले सामग्रीलाई वितरण, परिमार्जन, प्रतिलिपि (माथि उल्लिखित बाहेक), प्रसारण, प्रदर्शन, पुन: प्रयोग, पुन: उत्पादन, प्रकाशन, इजाजत प्रदान, यसको व्युत्पन्न कार्यहरू, स्थानान्तरण, बिक्री वा अन्य प्रकारले प्रयोग गर्न सक्नुहुन्न;
  • तपाईंले कुनैपनि उल्लङ्घनकारी, धम्कीपूर्ण, झूटो, भ्रामक, गाली-गलौजपूर्ण, उत्पीडक, अपमानजनक, अनादरपूर्ण, अश्लील, अभद्र, निन्दनीय, भडकाऊ, अशिष्ट, वा अपवित्र सामग्री अथवा फौजदारी अपराध मानिन सक्ने, नागरिक दायित्वको उत्पन्न गर्ने वा अन्य प्रकारले कुनैपनि कानूनको उल्लङ्घन गर्न सक्ने वा यस्तो आचरणको प्रोत्साहन गर्नसक्ने कुनैपनि सामग्रीलाई पोस्ट गर्न वा प्रसारण गर्नका लागि साइटको प्रयोग गर्न निषेध गरिएको छ। तपाईले कुनैपनि गैरकानूनी अथवा यी प्रयोगका सर्तहरू वा लागू हुने कुनैपनि कानूनहरूद्वारा निषेधित प्रयोजनका लागि साइटको प्रयोग गर्न सक्नुहुँदैन। TCCC ले कुनैपनि कानून प्रवर्तन निकाय वा TCCC लाई कुनैपनि यस्ता सूचना वा सामग्री, वा अन्य कुनैपनि जानकारी वा सामग्री पोस्ट गर्ने वा प्रसारण गर्ने कुनैपनि व्यक्तिको पहिचान खुलाउन अनुरोध गर्ने वा निर्देशन दिने कुनैपनि अदालतको आदेशको पूर्ण रूपमा पालन गर्नेछ; तथा
  • तपाईंलाई विज्ञापन गर्न वा कुनैपनि व्यावसायिक अनुरोध गर्न साइटको प्रयोग गर्न निषेध गरिएको छ। TCCC ले सामग्रीलाई आवधिक रूपमा संशोधन गर्न सक्छ र तपाईंलाई सूचना दिने कुनैपनि दायित्व बिना नै त्यस्ता परिवर्तनहरू गर्ने अधिकार आफूसँग सुरक्षित राख्दछ।

तपाईंलाई स्पष्ट रूपमा यस वेबसाइटबाट कुनैपनि सामग्री अन्य कुनैपनि काम, प्रकाशन, वा तपाईंको आफ्नै वा अन्य कसैको वेबसाइटमा समावेश गर्न निषेध गरिएको छ। तपाईंले हाम्रोबाट वा हाम्रा इजाजतदाताहरूबाट इजाजतपत्र प्राप्त नगरीकन हाम्रो वेबसाइटका कुनैपनि छवि वा जानकारी वा सामग्रीको व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्नु हुँदैन। छवि, जानकारी र सामग्रीको कुनैपनि अनधिकृत प्रयोगद्वारा प्रतिलिपि अधिकार कानून, अन्य बौद्धिक सम्पत्ति कानूनहरू, गोपनीयताका कानूनहरू साथै सञ्चार सम्बन्धी नियमहरू र विधानहरूको उल्लङ्घन गर्न सक्छ। तपाईंद्वारा हाम्रो वेबसाइटमा भएको सामग्रीहरूको प्रयोगले तेस्रो पक्षहरूको अधिकार उल्लङ्घन गर्दैन भन्ने कुनैपनि प्रतिबद्धता हामी गर्दैनौं।

वेबसाइटको वा वेबसाइटमा भएको कुनैपनि सामग्री (यसैमा सीमित नरहने गरि वेबसाइट मार्फत उपलब्ध गराइएका कुनैपनि सफ्टवेयर लगायत) को अनाधिकृत प्रयोगका कारण केही न्यायिक अधिकार क्षेत्रहरूमा, यसैमा सीमित नरहने गरि, प्रतिलिपि अधिकारको उल्लङ्घन लगायत आर्थिक क्षति तथा अन्य नागरिक र फौजदारी सजायहरू हुन सक्छ।

तपाईले वैध प्रयोजनका लागि मात्र हाम्रो वेबसाइटको प्रयोग गर्न सक्नुहुन्छ। तपाईंले निम्न अनुसार गर्नु हुँदैन:

  • जानीजानी भाइरस, ट्रोजन, वर्म्स, लजिक बम, स्पाइवेयर वा हानिकारक वा आक्रामक हुने वा प्रयोगको अनुगमन गर्ने कुनैपनि हार्डवेयर, सफ्टवेयर वा उपकरणको सञ्चालनलाई क्षति पुर्‍याउने वा अपहरण गर्ने उद्देश्यले बनाइएको अन्य कम्प्युटर कोड, फाइल वा प्रोग्राम हाल्नु हुँदैन।
  • हाम्रो वेबसाइटमा, हाम्रो वेबसाइट भण्डार गरिएको सर्भर, वा हाम्रो वेबसाइटसँग जडान भएको कुनैपनि सर्भर, कम्प्युटर वा डेटाबेसमा अनाधिकृत पहुँच गर्ने प्रयास गर्नु हुँदैन।
  • कुनैपनि व्यक्तिलाई हाम्रो वेबसाइट प्रयोग गर्नबाट प्रतिबन्धित गर्ने वा रोक्ने (हाम्रो वेबसाइटको कुनैपनि भाग ह्याक गर्ने वा डिफेस गर्ने लगायत) गर्नु हुँदैन।
  • हाम्रो वेबसाइटको कुनैपनि अंशलाई परिमार्जन, अनुकूलन, अनुवाद, रिभर्स इन्जिनियर, डिकम्पाइल वा विच्छेद गर्नु हुँदैन।
  • हाम्रो वेबसाइटबाट वा हाम्रो वेबसाइटबाट उत्पन्न सामग्रीबाट कुनैपनि प्रतिलिपि अधिकार, व्यापारचिन्ह वा अन्य स्वामित्व अधिकारका सूचनाहरू हटाउनु हुँदैन।
  • हाम्रो प्रष्ट पूर्व लिखित सहमति बिना हाम्रो वेबसाइटको कुनैपनि भागलाई फ्रेम वा मिरर गर्नु हुँदैन।
  • हाम्रो वेबसाइटमा पहुँच गर्न सकिने सबै वा कुनैपनि सामग्री व्यवस्थित रूपमा डाउनलोड र भण्डारण गरेर डाटाबेसको सिर्जना गर्नु हुँदैन।
  • हाम्रो प्रष्ट पूर्व लिखित सहमति बिना हाम्रो वेबसाइटको नेभिगेसनल संरचना वा प्रस्तुतीकरणलाई पुन: प्राप्त गर्न, अनुक्रमण गर्न, "स्क्र्याप" गर्न, "डेटा माइन" गर्न वा कुनै पनि तरिकाले पुन: उत्पादन वा छल गर्न कुनै पनि रोबोट, स्पाइडर, वेबसाइट खोज/पुनः प्राप्ति अनुप्रयोग वा अन्य म्यानुअल वा स्वचालित उपकरणहरूको प्रयोग गर्नु हुँदैन।
  • कुनै पनि अवांछित वा अनाधिकृत विज्ञापन, प्रवर्द्धन सामग्री, "जंक मेल", "स्प्याम", "चेन लेटर", "पिरामिड योजना" वा लगानीको अवसर, वा कुनैपनि अन्य प्रकारको अनुरोध प्रकाशित गर्नु हुँदैन।
  • यसो गर्नको लागि उचित अधिकार बिना नै कुनै व्यक्ति वा कम्पनीको बारेमा कुनै पनि सामग्री वा गैर-सार्वजनिक जानकारी प्रकाशित गर्नु हुँदैन।
  • कुनै पनि अवैध वा गैर-कानूनी प्रयोजन वा गतिविधिको लागि हाम्रो वेबसाइटको प्रयोग गर्नु हुँदैन।

5. प्रयोगकर्ता-उत्पादित सामग्री। हाम्रो वेबसाइटमा हामी यस्तो सुविधाहरू राख्न सक्छौं जसको सहायताले तपाईंले आफ्नो सामग्री हामीसँग र हाम्रो वेबसाइटका अन्य प्रयोगकर्ताहरूसँग साझा गर्न सक्नुहुन्छ। वेबसाइट मार्फत सामग्रीहरू साझा गरेर, तपाईंको सामग्रीमा सार्वजनिक तवरमा पहुँच गर्न सकिने हुन्छ। कानूनद्वारा अनुमति प्राप्त हुने हदसम्म, तपाईं यसै मार्फत TCCC र यसका सम्बद्ध निकायहरूलाई, तपाईंलाई क्षतिपूर्ति बिना नै, निम्न अनुसारका कार्यहरू गर्न एउटा विश्वव्यापी, गैर-विशिष्ट, स्थानान्तरणयोग्य, रोयल्टी-मुक्त, स्थायी, अपरिवर्तनीय अधिकार र इजाजत प्रदान गर्नुहुन्छ:

  • कोकाकोला अफ्रिका र/वा सम्बद्ध संस्थाहरूको व्यावसायिक प्रयोजनहरूका लागि हाल ज्ञात भएको वा यस पछि विकसित कुनै पनि मिडियामा त्यस्ता सामग्रीहरूको प्रयोग गर्ने, पुन: उत्पादन गर्ने, वितरण गर्ने, अनुकूलन गर्ने (यसैमा सीमित नरहने गरि सम्पादन, परिमार्जन, अनुवाद र पुन: ढाँचा लगायत), व्युत्पन्न गर्ने, प्रसारण गर्ने, प्रदर्शन गर्ने र कार्यसम्पादन (सार्वजनिक वा अन्यथा) गर्ने; र

कानूनद्वारा अनुमति प्राप्त अधिकतम हदसम्म, विभिन्न तहहरू मार्फत माथि उल्लिखित अधिकारहरूलाई उप-इजाजत प्रदान गर्ने।

माथि उल्लिखित इजाजतहरू, तल थप वर्णन भए अनुसार, तपाईंद्वारा हाम्रो वेबसाइटको प्रयोग समाप्त भएमा पनि रहने छ।

तपाईंले हाम्रो वेबसाइट मार्फत साझा गर्ने सम्पूर्ण सामग्रीको लागि, तपाईंसँग यी इजाजतहरू प्रदान गर्नका लागि सबै आवश्यक अधिकारहरू छन्, साथै यस्तो सामग्रीले सबै लागू नियम कानुनहरूको पालना गर्दछ साथै प्रतिलिपि अधिकार, ट्रेडमार्क, व्यापार गोप्यता, गोपनीयता वा अन्य बौद्धिक सम्पत्ति वा कुनै तेस्रो पक्षको अन्य अधिकारहरूको उल्लङ्घन वा अन्य प्रकारले उल्लङ्घन गर्दैन साथै भाइरस र अन्य मालवेयरबाट पनि मुक्त छ भनेर तपाईं व्यक्त र सुनिश्चित गर्नुहुन्छ।

यसबाहेक तपाईंले, कानूनद्वारा अनुमति हुने हदसम्म, तपाईंले पेश गर्ने प्रयोगकर्ता सामग्रीको प्रत्येक वस्तुको सम्बन्धमा लेखकत्व वा सामग्रीको अखण्डताको सम्बन्धमा कुनै पनि "नैतिक अधिकार" वा अन्य अधिकारहरूको त्याग गर्नुहुन्छ।

6. हाम्रो वेबसाइट, हाम्रो व्यवसाय वा हाम्रो सम्बद्ध संस्थाहरूको व्यवसायसँग सम्बन्धित कुनैपनि विचार वा सुझावहरू भएका सामग्री पेश गर्नको लागि हामी अनुरोध वा प्रोत्साहन गर्दैनौं।

गोपनीयता। तपाईंले इलेक्ट्रोनिक मेल मार्फत वा अन्य प्रकारले साइटमा पठाउनुहुने कुनै पनि व्यक्तिगत डेटा (उदाहरणको लागि, तपाईंको नाम, ठेगाना, फोन नम्बर वा इ-मेल ठेगाना) लाई TCCC द्वारा मा उपलब्ध हुने साइटको गोपनीयता नीति अनुसार प्रयोग गरिनेछ। तपाईंले साइटमा पठाउने कुनै पनि अन्य सञ्चार वा सामग्री, जस्तै प्रश्न, टिप्पणी, सुझाव वा यस्तै सामग्रीहरूलाई गैर-गोपनीय तथा गैर-स्वामित्वको रूपमा प्रयोग गरिनेछ।

7. वारन्टीको अस्वीकरण। सम्पूर्ण सामग्रीमा परिवर्तन हुन सक्छ र तपाईंलाई, व्यक्त वा निहित, कुनै पनि प्रकारको वारन्टी बिना "जे जस्तो छ" अवस्थामा प्रदान गरिएको छ, जसमा यसैमा सीमित नरहने गरि व्यापारिकता, खास उद्देश्यको लागि उपयुक्त, वा गैर-उल्लङ्घनको निहित वारन्टी समावेश छ। तपाईंद्वारा कुनै पनि सामग्रीको प्रयोगले कुनै पनि तेस्रो पक्षको अधिकार उल्लङ्घन गर्दैन साथै उक्त सामग्री सही, पूर्ण, वा अद्यावधिक हुनेछ भनेर TCCC ले व्यक्त र सुनिश्चित गर्दैन। साइटमा सही र अद्यावधिक जानकारी राख्न हामी सम्पूर्ण उचित प्रयासहरू गर्दछौं। यद्यपि, TCCC ले साइटमा उपलब्ध जानकारीको सत्यता, शुद्धता वा विश्वसनीयताको कुनै व्यक्त र सुनिश्चित गर्दैन। यसै अनुसार, TCCC ले साइटमा भएको सामग्रीमा कुनै पनि भूलचूक वा त्रुटिहरू (यसैमा सीमित नरहने गरि टाइप गर्दाको त्रुटिहरू, र प्राविधिक त्रुटिहरू लगायत) भए यसको लागी कुनै दायित्व वा जिम्मेवारी लिने छैन। साइटमा भएको जानकारीमा कुनै सूचना बिना परिवर्तन हुन सक्छ।

8. यसका अतरिक्त, कुनैपनि छलफल, च्याट, पोस्टिंग, प्रसारण, बुलेटिन बोर्डहरू, र साइटमा हुन सक्ने यस्तै कुराहरूका सन्दर्भमा, TCCC ले कुनैपनि उल्लङ्घनकारी, धम्कीपूर्ण, झूटो, भ्रामक, गाली-गलौजपूर्ण, उत्पीडक, अपमानजनक, अनादरपूर्ण, अश्लील, अभद्र, निन्दनीय, भडकाऊ, अशिष्ट, वा अपवित्र सामग्री वा कुनैपनि फौजदारी अपराध मानिने, नागरिक दायित्वलाई जन्म दिने वा अन्य प्रकारले कुनैपनि कानूनको उल्लङ्घन गर्न सक्ने वा यस्तो आचरणको प्रोत्साहन गर्ने कुनैपनि सामग्रीहरूको कुनै जिम्मेवारी वा दायित्व वहन गर्दैन।

दायित्वको बहिष्करण तपाईंद्वारा साइटको प्रयोग तपाईंको आफ्नै जोखिममा हुनेछ। TCCC, वा यसको कुनैपनि सहायक, सम्बद्ध संस्थानहरू, अधिकारी वा निर्देशकहरू, यसको कुनैपनि एजेन्टहरू वा साइट सिर्जना गर्न, उत्पादन गर्न, वा डेलिभर गर्न संलग्न हुने कुनैपनि अन्य पक्ष कुनैपनि प्रत्यक्ष, अप्रत्यक्ष, दण्डात्मक, आकस्मिक, विशेष, परिणामजनक वा यस साइट वा सामग्रीको प्रयोगसँग सम्बन्धित वा कुनैपनि तरिकाबाट उत्पन्न हुने अन्य क्षतिहरू, चाहे अनुबंध, अपकृत्य, कठोर दायित्व वा अन्यथा, नाफाको हानिका लागि सीमित क्षति, सद्भावनाको हानि, डाटाको हानि, काम रोकिने वा अन्य कुरामा आधारित अन्य क्षतिका लागि, परिणामहरूको शुद्धता, कम्प्युटरको विफलता वा खराबी, यदि कुनैपनि त्यस्तो क्षतिको सम्भावनाको बारेमा सल्लाह दिएतापनि, यसका लागि उत्तरदायी हुने छैनन्।

9. क्षतिपूर्ति: तपाईंद्वारा साइटको प्रयोगका कारण उत्पन्न हुने र सोसँग सम्बन्धित, अधिवक्ताको शुल्क लगायत, कुनैपनि र सम्पूर्ण दावीहरू, क्षतिहरू, लागतहरू र खर्चहरूको विरुद्धमा तपाईं TCCC लाई रक्षा गर्न, क्षतिपूरण गर्न र हानिरहित तुल्याउन सहमत हुनुहुन्छ।

10. तेस्रो पक्ष साइटहरूमा लिङ्कहरू: साइटमा TCCC बाहेक अन्य पक्षहरूको स्वामित्वमा रहेको वा उनीहरूद्वारा संचालित साइटहरूको लिङ्क हुन सक्छ। यस्ता लिङ्कहरू तपाईंको सुविधाको लागि मात्र दिइएको हो। TCCC ले त्यस्ता साइटहरूमा हुने सामग्री वा गोपनीयता नीतिहरू, वा सोको सुरक्षाको नियन्त्रण गर्दैन, र यसका लागि जिम्मेवार छैन। पूर्व उल्लिखित कुरालाई सीमित नगरी, TCCC ले कुनैपनि दायित्वलाई विशेष रूपमा अस्वीकार गर्दछ यदि त्यस्ता साइटहरू:

  • कुनैपनि तेस्रो पक्षको बौद्धिक सम्पत्ति अधिकारको उल्लङ्घन गर्ने भएमा;
  • गलत, अपूर्ण वा भ्रामक भएमा;
  • व्यापार योग्य वा कुनै खास उद्देश्यको लागि उपयुक्त नहुने भएमा;
  • पर्याप्त सुरक्षा प्रदान नगर्ने भएमा;
  • भाइरस वा विनाशकारी प्रकृतिको अन्य वस्तुहरू समावेश भएमा; वा
  • अपमानजनक वा अनादरपूर्ण भएमा।

त्यस्ता साइटहरूमा उपलब्ध सामग्री, वा कुनैपनि उत्पादन वा सेवाहरूलाई TCCC ले समर्थन पनि गर्दैन। यदि तपाईंले त्यस्ता साइट वा साइटहरूको लिङ्कमा जानुभयो भने, तपाईंले आफ्नै जोखिममा र TCCC को अनुमति बिना त्यसो गर्नुभएको हुन्छ।

11. सर्तहरूको संशोधन र निलम्बन: TCCC ले कुनैपनि बेला, र कुनै सूचना बिना, यो पोस्टिंग अद्यावधिक गरेर यी प्रयोगका सर्तहरूलाई संशोधन गर्न सक्छ। कुनैपनि उक्त संशोधनहरूद्वारा तपाईं बाध्य हुनुहुन्छ र यसै कारण वर्तमान प्रयोगका सर्तहरू हेर्नको लागि समय समयमा यो पृष्ठमा जानुपर्छ। साइटको लागु अवधिमा कुनै पूर्वाग्रह बिना, हाम्रो वेबसाइट, वा यसमा भएको कुनैपनि सामग्री सदा पहुँचयोग्य वा निर्बाध हुनेछ भनेर हामी ग्यारेन्टी गर्दैनौं। हामी व्यावसायिक र सञ्चालन सम्बन्धी कारणहरूले हाम्रो वेबसाइटको सबै वा कुनै भागको उपलब्धतालाई निलम्बन गर्न वा फिर्ता लिन वा प्रतिबन्धित गर्न सक्छौं। कुनैपनि निलम्बन वा फिर्ताको स्थितिमा हामी तपाईंलाई उचित सूचना दिने प्रयास गर्नेछौं। हामी तपाईंले सामना गर्न सक्ने कुनैपनि पहुँच सम्बन्धी समस्याहरूको लागि कुनैपनि दायित्व वा जिम्मेवारी स्वीकार गर्दैनौं।

12. कानून र अधिकार क्षेत्र: यी प्रयोगका सर्तहरू र तपाईंद्वारा गरिने साइटको प्रयोग, कानूनी व्यवस्थाहरूको छनौट बिना, नेपालका कानून अन्तर्गत व्यवस्थित छन्। यी प्रयोगका सर्तहरू र/वा यी प्रयोगका सर्तहरू र/वा साइटहरू वस्तुगत तथ्यहरू हुने साइटसँग सम्बन्धित वा यसबाट उत्पन्न हुने कुनैपनि र सबै विवादहरूका बारेमा नेपालमा अवस्थित सक्षम न्यायक्षेत्रका अदालतहरूको विशेष अधिकार क्षेत्र हुनेछ।

13. खाता दर्ता: साइटहरूको कुनै कुनै अंशहरूको प्रयोग गर्न, तपाईले एउटा खाता ("खाता") सिर्जना गर्न र पासवर्ड सिर्जना गर्न आवश्यक हुन सक्छ। खाता सिर्जना गर्नका लागि, तपाईंको एउटा अद्वितीय, मान्य इमेल ठेगाना हुनुपर्छ। खाताहरू साझा गर्न सकिँदैन। तपाईंको प्रयोगकर्ता नाम र पासवर्ड तपाईंको व्यक्तिगत प्रयोगको लागि मात्र हो र यिनीहरूलाई गोपनीय राख्नुपर्छ। प्रत्येक व्यक्तिको एउटा (1) मात्र खाता हुन सक्छ। यदि कुनैपनि तरिकाले तपाईंले यो सीमा नाघ्ने प्रयास गर्नुभयो भने, हामी आफ्नो एकल विवेकमा, तपाईंको खाता(हरू) लक गर्ने, असक्षम गर्ने, ब्लक गर्ने वा मेटाउने अधिकार सुरक्षित राख्छौं।

14. स्वीपस्टेकहरू, प्रतियोगिताहरू, चुनौतीहरू, गतिविधिहरू, सर्वेक्षणहरू, र उस्तै प्रकारका प्रवर्द्धनहरूका लागि नियमहरू। साइटहरू मार्फत उपलब्ध कुनैपनि स्वीपस्टेकहरू, प्रतियोगिताहरू, चुनौतीहरू, गतिविधिहरू, सर्वेक्षणहरू, वा उस्तै प्रकारका प्रवर्द्धनहरू यी सर्तहरूबाट अलग विशेष नियमहरूद्वारा व्यवस्थित हुन सक्छन्। यस्ता कुनैपनि स्वीपस्टेक्स, प्रतियोगिता, चुनौती, गतिविधि, सर्वेक्षण, वा प्रवर्द्धनमा भाग लिएर, तपाईं उक्त नियमहरूको अधीनमा हुनुहुनेछ, जो यहाँ उल्लिखित नियम र सर्तहरूबाट भिन्न हुन सक्छन्। हामी तपाईंलाई, विशेष गतिविधिबाट लिङ्क गरिने, लागू हुने नियमहरू पढ्न, र हाम्रो गोपनीयता नीति पनि समीक्षा गर्न अनुरोध गर्छौं, जसले यी सर्तहरूका अतिरिक्त, तपाईंले त्यस्ता गतिविधिहरूको सम्बन्धमा बुझाउनुभएको कुनैपनि जानकारीलाई नियन्त्रण गर्दछ। यदि तपाईंले कुनैपनि धोखा पूर्ण वा गलत गतिविधिमा संलग्न हुनुभए वा लागू नियमहरू, यी सर्तहरू वा कुनैपनि कानूनहरू विपरीत कार्य गर्नुभए, तपाईंको सहभागिता र खाताका सुविधाहरू निलम्बन वा समाप्त हुन सक्छन्, जसको फलस्वरुप अफरहरू, पुरस्कारहरू वा अन्य वस्तुहरू गुम्न सक्छ।

15. जानकारी वा गुनासोहरू। यदि साइटको बारेमा तपाईंको कुनै प्रश्न वा गुनासो छ भने, कृपया generalinfo@coca-cola.com.np मा एउटा इ-मेल पठाउनुहोस्। तपाईंले +977-01-4352986 वा +977-01-4352988 मा कल गरेर पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

प्रतिलिपि अधिकार © 2022 द कोका-कोला कम्पनी। सर्वाधिकार सुरक्षित