प्राय सोधिएका प्रश्नहरू

फिल्टर लागु गर्न वर्ग चयन गर्नुहोस्

हुँदैन, यो एउटा शहरी मिथ्या हो। मेन्टोसलाई कोका-कोलाको बोतलमा हाल्दा बोतलबाट सोडाको आकर्षक फोहरा निस्कने कुरा चाहीं साँचो हो। वास्तवमा, कार्वोनेटेड पानी, स्पार्क्लिङ वाइन तथा अन्य सफ्ट ड्रिङ्कहरूमा पनि यस्तै असर हुन्छ। यद्यपि, तपाईंले कोका-कोला पिएपछि मेन्टोस खानुभयो भने यस्तै असर हुँदैन। तपाईंले मेन्टोस तथा कोका-कोला मिसाउँदा उत्पन्न भएको प्रस्फुटन क्यान्डीको खस्रो परतले गर्दा हो, जसको कारण यसलाई कार्वोनेटेड पेय पदार्थमा हाल्दा यसको सतहमा छिटो गतिमा प्रचुर मात्रामा बबलहरू बनिन्छ। तर तपाईंले खाने बित्तिकै यसको परत बिलिन सुरु हुन्छ। तसर्थ तपाईंको पेट भित्र भने यस्तै प्रतिक्रिया हुँदैन।

अहँ, स्वादिलो म्यारिनेड बनाउन कोका-कोलाको प्रयोग गर्न सकिने भएपनि– यसले रातभरिमा मासुको टुक्रालाई भने बिलाउँदैन। म्यारिनेडमा कोका-कोलाको स्वादले मासुको स्वादमा वृद्धि गर्छ, र मासु ग्रिल गर्दा चिनीले यसलाई खैरो रङ्गको हुन मदद्त गर्छ। कोका-कोला म्यारिनेडका लागि अनलाईन धेरै मात्रामा रेसिपीहरू उपलब्ध छन्।

सकिन्छ, साथै तपाईंले अन्य अम्लिय खाद्य तथा पेयहरू, जस्तै लेमन जुशको प्रयोग गर्दा पनि यस्तै परिणाम पाउनुहुन्छ। तर सरसफाइका लागि यी वस्तुहरू उचित विकल्प भने होइनन्। कोका-कोलामा फोस्फोरिक अम्ल हुन्छ, जुन हाम्रा कुनै कुनै पेय पदार्थहरूमा प्रयोग गरिने एउटा सुरक्षित खाद्य अवयव हो र यसले फोहर हटाएर साफ गर्नमा पनि मदद्त गर्न सक्छ। यद्यपि, कोका-कोला एउटा पेय पदार्थ भएको, र सफाइ गर्ने वस्तु नभएको कारण, यो कीटाणुहरू मार्न त्यति प्रभावकारी हुँदैन, साथै सफाइका लागि राम्रो काम गर्ने यो भन्दा राम्रा अन्य धेरै उत्पादनहरू पाइन्छन्।

थिएन, कोका-कोलामा कहिल्यैपनि कोकिन हालिएको छैन र भविष्यमा पनि यस्तो कहिल्यै हुने छैन।

मानिसहरूले 131 वर्ष देखि हाम्रा पेय पदार्थहरूको मजा लिँदै आएका छन किनभने उनीहरूलाई यसको स्वाद मन पर्छ। कोका-कोलामा चिनी तथा क्याफिन हुन्छ। चिनी ठिक्क मात्रामा भने राम्रै हुने भएता पनि, अति भयो भने कसैलाई पनि राम्रो गर्दैन। सबै खाद्य तथा पेय पदार्थहरू जस्तै, चिनी युक्त सफ्ट ड्रिङ्कहरूलाई पनि, मानिसहरूले यिनीहरूको अत्याधिक सेवन नगरेसम्म, एउटा सन्तुलित जीवनशैलीको हिस्सा अनुरुप पिउन सकिन्छ।

उपभोक्ताहरूले उनीहरूको चिनी तथा क्यालोरि सेवनको व्यवस्थापनमा सहयोगी विकल्पहरू पाउने हामिले सुनिश्चित गर्नु जरुरी हुन्छ। यसै कारण हामी चिनी र क्यालोरि न्युनिकृत गरिएको, कम गरिएको वा हुँदै नभएको विकल्पहरूका साथमा विविध प्रकारका अति-स्वादिलो पेय पदार्थहरू उपलब्ध गराउँछौं। यसै कराणले नै हाम्रो धेरैवटा पेय पदार्थहरू साना आकारका डब्बाहरूमा उपलब्ध छन्।

हामी हाम्रा पेय पदार्थहरूमा कति मात्रामा चिनी र कति मात्रामा क्यालोरिहरू छन् भनेर पनि विवरण दिन्छौं, जसले गर्दा मानिसहरूले उनीहरू आफ्नो र उनीहरूको परिवारको लागि के राम्रो हुन्छ त्यसको छनौट गर्न पाउँछन्।

हुन्छ। कोका-कोला उमाल्दा पेय पदार्थमा भएको पानी वास्पीकरण भएको कारण यो विस्तारै बाक्लो हुँदै जान्छ। जब धेरैजसो पानी समाप्त हुन्छ, चिनी जल्न सुरु हुन्छ। यदि तपाईंले धेरैबेर सम्म अरेन्ज जुश वा कुनैपनि चिनी युक्त तरललाई पनि उमाल्नुभयो भने यस्तै परिणाम पाउनु हुनेछ।

होइन। कोका-कोलाको आविष्कार हुनु भन्दा पहिला नै, सान्ता क्लज (सेंट निक) कतिपय चित्रलेखन तथा पुस्तकहरूमा रातो कोट लगाएर देखा परिसकेका थिए। उनलाई विभिन्न तरिकामा दर्शाइएको थियो। उनी अग्लो र दुब्लो वा होचो र नाजुक हुन सक्छन्, कहिलेकाहीं विशिष्ट तथा बुद्धिमानी हुन्छन् भने कुनै बेला डरलाग्दो पनि देखिन्छन्।

के तपाईंलाई थाहा छ? 1930 देखि यताको कोका‑कोलाको विज्ञापनले आजको हाम्रो प्यारो ठूलो, रमाइलो सान्तालाई आकार दिनमा ठूलो भूमिका निभाएको थियो भन्ने चाहीं साँचो हो।

कोका-कोला तथा सान्ता क्लजको पुरानो कथाका बारेमा हाम्रो भिडियो हेर्नुहोस्

https://youtu.be/U8J5AolQZg0

कोका-कोलाले खिया वा क्षय सफा गर्न मद्दत गर्न सक्छ, किनभने यसमा फोस्फोरिक अम्ल हुन्छ, जुन एउटा खानु हुने खाद्य अम्ल हो जो धेरै वटा खाद्य तथा पेयहरूमा पाइन्छ। अरेन्ज जुश, लेमन जुश तथा श्याम्पेन जस्ता कुनैपनि अम्लिय पेयले पनि धातूमा ‍कोका-कोलाले जस्तै असर गर्छ। हामी वास्तवमा कोका-कोलालाई यसको उत्कृष्ट स्वादका लागि सुझाव गर्छौं!

हामी कोका‑कोलालाई यति मायाँ गर्छौं, र वास्तवमा यसलाई यस्तो प्रकारले प्रयोग गर्ने सुझाव गर्दैनौं। यसमा घामबाट जोगाउने कुनै तत्त्व छैन – यो एउटा पेय हो!

तथ्य

इमेलहरू पठाएर तथा इन्टरनेट वेबसाइटहरूमा पोस्ट गरेर मानिसहरूलाई जागिरको झूठो प्रस्तावहरू दिइने गरेको कुरा कोका-कोला कम्पनीलाई थाहा भएको छ।

केही स्थितिहरूमा, अपराधीहरूले पीडितलाई सम्पर्क गरेर अझ धेरै व्यक्तिगत तथा आर्थिक जानकारी प्राप्त गर्ने उद्देश्यले उनीहरूलाई नियुक्त गरेको झुठो दावा गर्ने र कुनै कुनै स्थितिमा त जाली चेकहरूलाई नगद गरेर उनीहरूलाई पैसा पठाउन लगाउने पनि गर्छन्।

कोका-कोला कम्पनी कुनैपनि प्रकारले यस्ता विज्ञापनहरूसँग सम्बद्ध छैन। यस्ता साइटहरूमा वा इमेलहरूमा दिइएका जागिरहरू साँचो होइनन्, हामी प्रायोजक होइनौं, र हाम्रो नाम तथा व्यापारचिन्हहरू यहाँ हाम्रो अनुमति बिना प्रयोग गरिएको हो।

यो "फिसिङ," भनिने एक प्रकारको जालसाजी हुन सक्छ जहाँ अपराधीहरूले व्यक्तिगत तथा आर्थिक जानकारी प्राप्त गर्ने उद्देश्यले पीडितसँग सम्बन्ध बनाउने गर्छन्। कुनै इमेल स्क्याम वा फिसिङ क्याम्पेनको सन्देश हुन सक्ने प्राय देखिने लक्षणहरूमा निम्न अनुसार छन्:

इमेलमा हिज्जे तथा व्याकरणमा त्रुटिहरू;

कम्पनी व्यापारचिन्हहरूको अनुचित प्रयोग;

प्रेषकद्वारा निःशुल्क, नन-कर्पोरेट इमेल खाताहरूको प्रयोग (जस्तै Yahoo!, AOL, Gmail तथा Hotmail);

व्यक्तिगत जानकारीको अनुरोध साथै छिटै आर्थिक लाभको वादा।

समग्रमा, यदि सबै कुरा अति नै राम्रो लागेर पत्याउन नसकिने भएमा, सम्भवतः साँचो होइन। कुनैपनि जानकारी दिएर यस्ता इमेल वा पत्रहरूको जवाफ नदिनुहोस्। यदि तपाईंले पहिला नै यस प्रकारको इमेल, पत्र वा वेबसाइटसँग सम्बन्धित कुनैपनि सम्पर्कहरूलाई कुनैपनि व्यक्तिगत जानकारी दिनुभएको छ भने, हामी तपाईंलाई उक्त स्रोतहरूसँग भएको सबै सञ्चारहरू बन्द गर्ने र तपाईंको स्थानीय तथा/वा संघीय निकायहरूलाई सम्पर्क गरेर आफ्नो व्यक्तिगत जानकारी तथा गोपनीयताको सुरक्षाका लागि अगाडि के गर्न सकिन्छ भनेर सल्लाह लिने सुझाव गर्छौं।

तथ्य

मानिसहरूलाई विभिन्न पाठ सन्देश, इमेल तथा पत्रहरू पठाएर उनीहरूले हाम्रो कम्पनीबाट चिट्ठा वा कुनै नगद उपहार जितेका छन् भन्ने झुठो दावा गर्ने गरेको कोका-कोला कम्पनीलाई थाहा भएको छ।

यस्तो पाठ सन्देशहरूद्वारा प्रापकहरूलाई कुनै वेबसाइटमा पुर्याइन्छ जो कोका-कोला कम्पनीको आधिकारिक साइट जस्तो देखिन्छ तर वास्तवमा होइन। आधिकारिक My Coke Rewards को ठेगाना mycokerewards.com हो, तथा My Coke Rewards भनेको संयुक्त राज्य अमेरिकामा मात्र चलाईने कार्यक्रम हो।

इमेलका विषयहरू विभिन्न प्रकारका हुन्छन् जस्तै "तपाईंले कोका-कोला™ 128औं एनिभर्सरी प्रोमोमा $1मिल्यन जित्नुभएको छ" वा "कोका-कोला अवार्डको सूचना" वा "कोका-कोला प्रोमो विजेताको सूचना" वा "कोका-कोला वर्ल्डवाइड क्रिसमस प्रोमो," "कोका-कोला फाउन्डेसन क्याशएडको सूचना," वा अन्य उस्तै शीर्षकहरू हुन्छन्। पाठ/इमेल धोखाधडीका कुनै कुनै संस्करणहरूमा ब्रिटिश अमेरिकन टोब्याको कम्पनीसँगको संयुक्त प्रोमोसन, वार्षिक अर्ध-वार्षिक कोका-कोला प्रोमोशनल ड्र (जसमा भूतपूर्व कोका-कोला कार्यकारी उपाध्यक्ष, कार्ल वेरको नाम पनि समावेश हुन्छ), वा हङकङमा कुनै कार सित्तैमा दिइने भनेर उल्लेख गरिएको हुन सक्छ। सन्देशहरूमा "आधिकारिक" जस्तो लाग्ने औपचारिक भाषा पनि प्रयोग गरिएको हुन्छ र कहिलेकाहीं छवि वा तस्विरहरू, कुनै "गोप्य पिन कोड" वा रेफरेन्स/टिकट नम्बर तथा कुनै कोका-कोला प्रतिनिधिको सम्पर्क जानकारी समावेश गर्दै वैध जस्तो देखिने गरि बनाइएको हुन्छ।

पत्रहरू आधिकारिक देख्ने गरि लेखिएको हुन्छ तथा कुनै आर्थिक संस्थाबाट आएको जस्तो देखिन सक्छ। यिनीहरूमा प्राय क्लेम नम्बर दिइएको हुन्छ साथै हाम्रो कम्पनी वा अर्को कुनै कोका-कोला बोटलर्सबाट पठाइएको जस्तो देखिने चेक पनि पठाइएको हुन सक्छ।

तल हामीले पहिचान गरेको उक्त धोखाधडीहरूको नमुना हेर्नुहोस्। नोट - यस नमुना सूचीमा कोका-कोला सम्बन्धी सबै प्रचलित धोखाधडीहरू समावेश गरिएका छैनन्। अन्य धोखाधडीहरू पनि प्रयोगमा हुन सक्छन् र यहाँ समावेश नगरिएका हुन सक्छन्।

कोका-कोला कम्पनी कुनैपनि तवरमा उक्त इमेल, पाठ सन्देश, पत्र, अनाधिकृत वेबसाइट वा कार्यक्रमहरूसँग सम्बद्ध छैन। हामी प्रायोजक होइनौं तथा हाम्रो नाम तथा व्यापारचिन्हहरू यहाँ हाम्रो अनुमति बिना प्रयोग गरिएको हो।

नमुना 1:

विषय: तपाईंले कोका-कोला 128औं एनिभर्सरी प्रोमोमा $1मिल्यन जित्नुभएको छ

प्रिय ग्राहक,

बधाई!

तपाईंको इमेललाई कानूनी तवरमा पञ्जीकृत संयुक्त राज्य फ्रिल्यान्स टेक एक्सपर्टहरूद्वारा सञ्चालित कोका-कोला™ समर्थित इमेल न्युजलेटर सफ्टवेरद्वारा चालु कोका-कोला™ 128औं एनिभर्सरी सेलिब्रेसन इमेल प्रोमोमा कोका-कोला™ रिवार्ड उपहार $1मिल्यन प्राप्त गर्न चुनिएको छ।

क्लेम गर्न, कृपया नाम, उमेर, फोन, र ठेगाना बुझाउनुहोस्।

हस्ताक्षरित,

क्लाइड सी टगल

प्रमुख सार्वजनिक मामिला अधिकृत एवं सञ्चार अधिकृत

नमुना 2:

विषय: कोका कोला कम्पनी आधिकारिक उपहारको सूचना

कोका-कोलाद्वारा ब्रिटिश अमेरिकन टोब्याको वर्ल्डवाइड प्रोमोसनसँग मिलेर मिति (18औं मे, 2006) मा भर्खरै मात्र गरिएको वार्षिक अन्तिम ड्रहरूको नतिजाबारे तपाईंलाई जनाउन पाउँदा हामीलाई खुशी लागेको छ, COCA\' COLA कम्पनी प्रोमोसनमा प्रत्येकले £1,000,000.00 जितेको 20 भाग्यशाली विजेताहरू मध्ये तपाईंको इमेल पनि परेको छ। यद्यपि परिणामहरू 20 मे, 2006 मा जारी गरिएको छ तथा तपाईंको इमेल टिकट नम्बर (7PWYZ2006) तथा ब्यालट नम्बर (BT:12052006/20) सँग गाँसिएको थियो। अनलाईन ड्रमा इन्टरनेटबाट एडभान्स्ड अटोमेटेड रैन्डम कम्प्युटर सर्चद्वारा लिइएको विभिन्न व्यक्ति तथा कर्पोरेट संस्थाहरूको 29,031 वटा इ-मेल ठेगानाहरूको विशिष्ट सूचीबाट इमेल ठेगानाहरूको अक्रमित छनौटका आधारमा गरिएको थियो। यद्यपि, कुनै टिकटहरू बेचिएको थिएन र सबै इमेल ठेगानाहरूलाई प्रतिनिधित्व तथा गोपनीयताका लागि विभिन्न टिकट नम्बरहरूसँग सम्बद्ध गरिएको थियो …

नमुना 3:

विषय: वार्षिक अर्ध-वार्षिक कोका-कोला प्रोमोशनल ड्रको सूचना

तपाईंलाई यस डिपोमा वार्षिक सञ्चालन हुने 2006 वार्षिक अर्ध-वार्षिक कोका-कोला प्रोमोको परिणामको बारेमा सूचित गर्न चाहन्छौं। हाम्रो प्रणालीहरूमा जुलाई महिनामा केही अपग्रेड गर्नुपर्ने भएको कारण 2006 संस्करणलाई जुलाई महिनामा हुनुपर्ने प्रस्तुतिबाट अगस्टमा सारिएको छ।

प्रत्येक अर्ध-वार्षिक अवधिमा, कोका-कोला कम्पनी डिपो (सुरुलेले क्षेत्र) ले हाम्रो अतिरिक्त मुनाफाबाट यो प्रोमो आयोजन गर्छ, र यसमा मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने र

खाँचोमा परेकाहरूलाई सहायता गर्ने यसको उद्देश्य रहेको हुन्छ। नाइजेरियाको वार्षिक अर्ध-वार्षिक परोपकारी कार्य दस (10) वर्ष पुरानो भएको छ, र यसको फलस्वरुप, कोका-कोला डिपोले आफ्नो प्रस्तुतिलाई 2012 सम्म नाइजेरियाको किनाराहरू माथि सार्ने निर्णय गरेको छ। 2006 ड्र आज 28 अगस्ट 2006 बिहान 8:15 बजे (नाइजेरियाको समय) मा भएको थियो।

विद्युतिय रुपमा, सम्पूर्ण अफ्रिका (नाइजेरिया छुट), एसिया, योरोप, अस्ट्रेलिया, अमेरिका, नोर्थ अमेरिका, तथा साउथ अमेरिकाका महाद्विपहरूबाट इमेल ठेगानाहरू सङ्कलन गरिएको थियो। 5 वर्ष उमेर भएकी एकजना सानो बालिका जोनले बक्सामा नमिलाई राखेको इमेल ठेगानाहरूको थुप्रोबाट एउटा इमेल उठाउनु परेको थियो, तथा यो इमेल ठेगानासँग जोडिएको टिकट रेफरेन्स नम्बर *44neh19xxfcoca5ecc* लाई जोनले चुनेको हो।

यसर्थ हामी गर्वसाथ तपाईंलाई कोका-कोला अर्ध-वार्षिक परोपकारी प्रोमो अवार्डको 2006 संस्करणको 5.2 मिल्यन यु एस डलर मात्र (US$ 5.2m) को विजेताका रूपमा प्रस्तुत गर्दैछौं। तपाईंको US$ 5.2m अवार्ड धेरै समय देखि यहाँ नाइजेरियाको एउटा प्रमुख बैंक, (जेनिथ बैंक पिएलसी) मा जम्मा गरिएको जानकारी दिन्छौं र यो रकम 15 फेब्रुअरी 2006 मा जम्मा गरिएको थियो तसर्थ तपाईंकहाँ स्थानानन्तरण नगरुन्जेल यहाँ 100% सुरक्षित रहने छ....

नमुना 4:

विषय: अवार्ड सूचना

तपाईंलाई यो जानकारी गराउन चाहन्छौं कि तपाईं 26 सेप्टेम्बर 2005 का दिन लण्डन Uk मा भएको अन्तर्राष्ट्रिय कार्यक्रममा £2,600,000.00 (दुई मिल्यन, छ लाख ब्रिटिश पाउन्ड) को नगद उपहारका लागि छानिनु भएको छ।

यसको छनौट प्रक्रियामा हाम्रो कम्प्युटरकृत इमेल छनौट प्रणाली(हरू) मार्फत संसारका सबै महाद्विपहरूबाट लिइएका 500,000 भन्दा धेरै इमेल ठेगानाहरूको डेटावेस मध्येबाट एउटा अक्रमित छनौटद्वारा गरिएको थियो।

कोका-कोला कम्पनी लट्रीलाई ब्रिटिश गेमिङ बोर्डद्वारा स्वीकृति दिइएको छ साथै इन्टरन्याश्नल एसोसिएशन अफ गेमिङ रेगुलेटर्स (IAGR) द्वारा पनि यसको इजाजत दिइएको छ। यो प्रोमोशनल लट्री यस प्रकारको दोस्रो हो र हामी सार्वजनिक स्तरमा यसबारे जानकारी गराउन चाहन्छौं।

तपाईंको उपहारको प्रक्रिया सुरु गर्न तपाईंले निम्न अनुसार हाम्रो मान्यताप्राप्त प्राइज ट्रान्स्फर एजेन्टहरू मार्फत आफ्नो क्लेम अधिकृतलाई सम्पर्क गर्नु पर्छ...

हामी भिडियोको प्रमाणिकताका बारेमा टिप्पणी गर्न सक्दैनौं, तर फ्यान्टा अरेन्ज लगायतका हाम्रा सम्पूर्ण पेय पदार्थहरू सुरक्षित छन् तथा भारत सरकारको राष्ट्रिय खाद्य सुरक्षा संस्थान – FSSAI (भारतीय खाद्य सुरक्षा तथा मानकिकरण संस्थान) को सम्पूर्ण प्रचलित खाद्य सुरक्षा नियमहरूको पालन गर्छन् भनेर हामी स्पष्ट पार्न चाहन्छौं।

भिडियोमा देखेको कुरा कुनै असामान्य कुरा होइन। कसैले रङ्ग भएको कुनैपनि तरल पदार्थमा कपडा वा फिल्टर पेपर जस्तो कुनै छिद्र भएको वस्तु डुबाउँदा क्यापिलरी एक्सन नामक एक प्रक्रियाद्वारा यसको रङ्ग टिपिन्छ।

फ्यान्टा अरेन्जमा कृत्रिम खाद्य रङ्ग हुन्छ तर मान्य सीमा भित्र मात्र, जसबारे यसको हरेक डब्बामा उल्लेख गरिएको हुन्छ, प्रयोग गरिने रङ्गलाई राम्ररी जाँच गरिन्छ र विश्वासयोग्य भारतीय तथा FAO/WHO खाद्य समिश्रण सम्बन्धी संयुक्त विशेषज्ञ समिति (JECFA), U.S. लगायतका वैश्विक खाद्य सुरक्षा निकायहरूद्वारा सुरक्षित भनेर पहिचान गरिएको हुन्छ। खाद्य एवं औषधि व्यवस्थापन (FDA); हेल्थ क्यानाडा, युरोपेली खाद्य सुरक्षा संस्थान (EFSA), भारतीय खाद्य सुरक्षा तथा मानकिकरण संस्थान।

फ्यान्टा अरेन्ज जस्ता खाद्य वस्तुहरूमा यसलाई विशिष्ट देखाउन तथा एउटा दृश्यात्मक आकर्षण प्रदान गर्न कृत्रिम खाद्य रङ्ग लगायतका खाद्य रङ्गहरू हालिन्छ जसबारे उपभोक्ताहरूलाई थाहा छ र मन पनि पराउँछन्। सामान्यतया धेरै वर्ष देखि भारतमा सुरक्षित रूपमा खाइने गरेको जाम, जेली, खानलाई तयार फलको पेय पदार्थ, दुग्धजन्य पेय पदार्थ आदि जस्ता विभिन्न डब्बाबन्द खाद्यहरूमा यिनिहरूको प्रयोग गरिन्छ।

फ्यान्टा एउटा अत्याधिक मन पराइने ब्रान्ड हो र यसलाई विश्वमा लाखौं मानिसहरूले र भारतमा पनि धेरैले सेवन गर्छन्। हामीलाई थाहा छ 130 वर्ष भन्दा पनि धेरै समय देखि विश्वव्यापी स्तरमा उच्च स्तरीय, सुरक्षा तथा उत्कृष्ट स्वाद नै हाम्रो सफलताको आधारशिला बनेको छ जसमध्ये भारतमा नै 20 वर्ष भन्दा धेरै भइसकेको छ, र हामी आउने समय सदाको लागि यस्तै होस् भन्ने चाहन्छौं। यस प्रकारका भिडियोहरूको विश्वसनीयता हुँदैन, जसले हाम्रो ब्रान्डको प्रतिष्ठामा नकारात्मक असर मात्र पार्दछ।

https://youtu.be/8U-0hl2Ilwg