गोपनीयताको नीति

बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेड (यस उप्रान्त "BNL" भनिने) मार्फत कार्यान्वित कोका-कोला कम्पनी ("TCCC," "हामी," "हामीलाई"), अनलाईन व्यक्तिगत जानकारीको सुरक्षाबारे यस गोपनीयताको नीतिसँग सोझै लिङ्क भएको, हाम्रो इन्टरनेट विश्वव्यापी वेबसाइटमा (https://www.cola.com.com/np/ne) (यस उप्रान्त "वेबसाइट" भनिने) मा आउने भिजिटरहरू (यस उप्रान्त "भिजिटरहरू", "तपाईं" वा "तपाईंको" भनिने) को गोपनीयताको सुरक्षा गर्न प्रतिबद्ध छ। हामी यस वेबसाइटलाई तपाईंको लागि सुरक्षित र रमाइलो वातावरण बनाउने लक्ष्य राख्छौं।

यो गोपनीयताको नीति (यस उप्रान्त "नीति" भनिने) मा मुख्य रूपमा निम्न कुराहरूको वर्णन गरिएको छ:

BNL ले नेपालमा होस्ट गरिएको र यहाँबाट सञ्चालित वेबसाइट मार्फत सङ्कलन गर्ने जानकारी

वेबसाइटमा कुकीहरू र यस्तै प्रविधिहरूको प्रयोग र भूमिका तथा

BNL ले वेबसाइट मार्फत सङ्कलन गर्ने जानकारीको सुरक्षा गर्न BNL ले अपनाएको सुरक्षात्मक उपायहरू

यस नीतिले कुनै पनि वेबसाइट, वा यो वेबसाइट मार्फत बाहेक, अन्य कुनै पनि माध्यमद्वारा BNL द्वारा गरिएको जानकारीको सङ्कलनलाई, अथवा BNL को कुनै पनि मातृसंस्था वा सहायक संस्थाहरू ("अन्य संस्थाहरू") द्वारा गरिएको जानकारीको सङ्कलनलाई नियन्त्रण गर्दैन।

भिजिटरहरूलाई वेबसाइट प्रयोग गर्नु अघि यो नीति पढ्न प्रोत्साहन गरिन्छ। वेबसाइटको प्रयोग गरेर, तपाईं नियम तथा सर्तहरू अन्तर्गत उपलब्ध यस नीतिका नियम तथा सर्तहरू साथै वेबसाइटको प्रयोगका नियम तथा सर्तहरूसँग सहमत हुनुहुन्छ। यदि तपाईं यस नीतिको नियम तथा सर्तहरू साथै वेबसाइटको प्रयोगका नियम तथा सर्तहरूसँग सहमत हुनुहुन्न भने, कृपया वेबसाइटको प्रयोग नगर्नुहोस्।

1. BNL द्वारा वेबसाइट मार्फत सङ्कलन गरिने जानकारी

BNL ले वेबसाइट मार्फत दुई प्रकारका आधारभूत जानकारी सङ्कलन गर्छ: (i) "व्यक्तिगत जानकारी," यस्तो जानकारी जसबाट कुनै व्यक्तिलाई पहिचान गर्न सकिन्छ, र (ii) "समग्र जानकारी," यस्तो जानकारी जसबाट व्यक्तिको पहिचान गर्न सकिँदैन।

व्यक्तिगत जानकारी: तपाईंले वेबसाइटमा पहुँच गर्नको लागि सामान्यतया दर्ता गर्न वा व्यक्तिगत जानकारी प्रदान गर्न आवश्यक हुँदैन, यद्यपि कुनै पनि उपभोक्ता प्रोमोशन, प्रतियोगिताहरू, आदिमा भाग लिने जस्ता केही कार्यहरूका लागि भने दर्ता गर्न आवश्यक हुन सक्छ। तपाईंले स्वेच्छाले BNL लाई उपलब्ध गराउनु भएको बेला मात्र BNL ले तपाईंबाट व्यक्तिगत जानकारी सङ्कलन गर्दछ - उदाहरणको लागि, वेबसाइट मार्फत BNL लाई सम्पर्क गर्दा, रिक्त स्थानको लागि आवेदन दिनको लागि फारम भर्दा वा BNL को उत्पादन कारखानामा भ्रमणको लागि अनुरोध गर्दा, वा BNL सँग व्यावसायिक अवसरहरूको खोजी गर्दा, सर्वेक्षणहरू र पोलहरूको जवाफ दिँदा, प्रतियोगिता, स्वीपस्टेक, र्याफल र यस्तै प्रवर्धनहरूमा भाग लिँदा, BNL का उत्पादनहरू र विशेष प्रवर्द्धनहरू सम्बन्धी इमेल अद्यावधिकहरू र घोषणाहरूको लागि साइन अप गर्दा, तथा BNL को व्यापारिक सामानहरू खरिद गर्दा। व्यक्तिगत जानकारीमा तपाईंको सम्पर्क विवरण (जस्तै तपाईंको नाम, हुलाक ठेगाना, फोन नम्बर र/वा इमेल ठेगाना), साथै यदि आवश्यक परेमा तपाईंको भुक्तानी सम्बन्धी जानकारी, जस्तै क्रेडिट कार्ड नम्बर र म्याद समाप्ति मिति ("भुक्तानी सम्बन्धी जानकारी") समावेश हुन सक्छ, जसलाई यदि तपाईंले वेबसाइट मार्फत उपलब्ध हुने कुनै पनि उत्पादन वा व्यापारिक सामानहरू खरिद गर्न चाहनुहुन्छ ("लेनदेन") भने सङ्कलन गरिनेछ।

समग्र जानकारी: तपाईंले वेबसाइटमा भिजिट गर्दा, BNL ले र BNL ले सेवाहरू प्रदान गर्न सम्झौता गरेको तेस्रो पक्षहरूले, तीनवटा स्रोतहरूबाट बेनामी जानकारी सङ्कलन गर्न सक्छन्: सर्भर लग फाइलहरू, कुकीहरू, र पिक्सेल ट्यागहरू।

सर्भर लग फाइलहरू:तपाईको इन्टरनेट प्रोटोकल (IP) ठेगाना भनेको तपाईको इन्टरनेट सेवा प्रदायक (ISP) द्वारा तपाईको कम्प्युटरलाई स्वतः निर्धारण गरिएको एउटा पहिचानकर्ता सङ्ख्या हो। तपाईंले वेबसाइटमा भिजिट गर्दा यो नम्बर पहिचान गरिन्छ र BNL को सर्भर लग फाइलहरूमा स्वतः लग हुन्छ, जसमा तपाईंको भिजिट (हरू) को समय (हरू) र तपाईंले भिजिट गर्नुभएको पृष्ठ (हरू) पनि समावेश हुन्छ। BNL द्वारा वेबसाइटको प्रयोगको स्तरहरू पत्ता लगाउन, वेबसाइटको सर्भरहरूमा समस्याहरूको निदान गर्न र वेबसाइट व्यवस्थापन गर्न सबै भिजिटरहरूको IP ठेगानाहरूको प्रयोग गरिन्छ। BNL ले संचार गर्न वा नीति र/वा वेबसाइटको प्रयोगका सर्तहरूको पालना गर्न नसक्ने भिजिटरहरूको पहुँच रोक्नको लागि आईपी ठेगानाहरूको पनि प्रयोग गर्न सक्छ। IP ठेगानाहरू सङ्कलन गर्ने कार्य इन्टरनेटमा पालन गरिने एक मानक अभ्यास हो र धेरैवटा वेबसाइटहरूद्वारा यो कार्य स्वतः गरिन्छ।

कुकीहरू:कुकीहरू भनेको यस्ता डेटा हुन् जो वेब सर्भरले अभिलेख राख्ने उद्देश्यले व्यक्तिको कम्प्युटरमा स्थानान्तरण गर्दछ। कुकीहरू धेरैजसो वेबसाइटहरूद्वारा प्रयोग गरिने औद्योगिक मानक हुन् र यसले प्रयोगकर्ताहरूलाई कुनै विशेष वेबसाइटमा निरन्तर पहुँच गर्न र प्रयोग गर्नमा मद्दत गर्दछ। कुकीहरूले कम्प्युटर प्रणाली वा फाइलहरूलाई क्षति गर्दैन, र कम्प्युटर प्रणालीमा विशेष कुकीहरू स्थानान्तरण गर्ने वेबसाइटले मात्र त्यस्ता कुकीहरू पढ्न, परिमार्जन गर्न वा मेटाउन सक्छन्। यदि कुकीहरूको प्रयोग मार्फत तपाईं आफ्नो जानकारी सङ्कलन गर्न दिन चाहनुहुन्न भने, धेरै जसो ब्राउजरहरूमा प्रयोगकर्ताले विद्यमान कुकीहरू मेटाउन, स्वतः कुकीहरू अस्वीकार गर्न, वा प्रयोगकर्ताको कम्प्युटर प्रणालीमा विशेष कुकीहरूको स्थानान्तरणलाई अस्वीकार गर्ने वा स्वीकार गर्ने विकल्प प्राप्त गर्नका लागि तपाईंले एउटा साधारण प्रक्रियाको पालन गर्नु पर्दछ। यद्यपि, तपाईंले खयाल राख्नुपर्छ कि, कुकीहरू अस्वीकार गर्नाले तपाईंलाई वेबसाइटको केही भागहरूमा पहुँच गर्न गाह्रो वा असम्भव पनि हुन सक्छ।

पिक्सेल ट्यागहरू:वेबसाइटको प्रयोग र प्रतिक्रिया दरहरूको बारेमा समग्र तथ्याङ्कहरू संकलन गर्न वेबसाइटले तथाकथित "पिक्सेल ट्यागहरू," "वेब बीकनहरू," "क्लियर GIFs" वा उस्तै माध्यमहरू (सामूहिक रूपमा, "पिक्सेल ट्यागहरू") प्रयोग गर्न सक्छ। पिक्सेल ट्यागहरू ले BNL लाई वेबसाइटको कुनै निश्चित पृष्ठहरू भिजिट गर्ने प्रयोगकर्ताहरूको गणना राख्न सक्षम बनाउँछ। HTML- फर्म्याटेड इमेल सन्देशहरूमा प्रयोग गर्दा, पिक्सेल ट्यागहरूले इ-मेल प्राप्तकर्ताले इमेल कहिले खोलेको र पढेको हो भनेर प्रेषकलाई बताउन सक्छ।

2. BNL द्वारा वेबसाइट मार्फत सङ्कलन गरिने जानकारीको प्रयोग र खुलासा

व्यक्तिगत जानकारी:BNL ले भिजिटरको व्यक्तिगत जानकारीलाई निम्न मध्ये कुनै पनि ढङ्गमा प्रयोग गर्न सक्छ:

सञ्चार:BNL ले भिजिटरहरूलाई BNL लाई प्रश्न र टिप्पणीहरूका साथमा सम्पर्क गर्न प्रोत्साहन गर्दछ। BNL द्वारा सम्बन्धित भिजिटरको प्रश्न र टिप्पणीहरूको जवाफ दिनको लागि व्यक्तिगत जानकारीको प्रयोग गर्न सकिन्छ।

व्यापारिक उद्देश्य:BNL ले आफ्ना भिजिटरहरूको व्यक्तिगत जानकारीलाई आन्तरिक व्यापारिक उद्देश्य, जस्तै यसको व्यवसायहरूको विश्लेषण र व्यवस्थापन गर्नका लागि पनि प्रयोग गर्न सक्छ। वेबसाइटबाट सङ्कलन गरिने व्यक्तिगत जानकारीलाई BNL द्वारा अन्य अनलाईन वा अफलाईन स्रोतहरू मार्फत सङ्कलन गरिने अन्य जानकारी, र जनसांख्यिक जानकारी र सार्वजनिक डोमेनमा उपलब्ध अन्य जानकारीहरूसँगै मिलाउन पनि सकिन्छ।

लेनदेनहरू:तपाईंले वेबसाइट मार्फत लेनदेनहरू जस्तै BNL का उत्पादनहरू वा व्यापारिक सामानहरू खरिद गर्दा, BNL ले तपाईंबाट त्यस्ता लेनदेनसँग सम्बन्धित भुक्तानी सम्बन्धी जानकारीका साथै अन्य व्यक्तिगत जानकारीहरू जस्तै वेबसाइट मार्फत अर्डर गरिएका उत्पादनहरू वा खरिद गरिएका सामानहरू पठाउनका लागि ठेगानाहरू संकलन गर्न सक्छ। लेनदेनको पूर्ति गर्न, र यदि लागू भएमा, तपाईंको खरिदको पूर्ति गर्नको लागि BNL ले तपाईंको व्यक्तिगत जानकारी वा भुक्तानी सम्बन्धी जानकारीको प्रयोग गर्न सक्छ। भुक्तानी सम्बन्धी जानकारीलाई तपाईंको लेनदेन पूरा गर्न (उदाहरणका लागि, क्रेडिट कार्ड मार्फत गरिएको भुक्तान प्रक्रिया पूरा गर्न) को लागि, आवश्यक भए अनुसार, तेस्रो पक्षहरूसँग पनि साझा गर्न सकिन्छ।

प्रतियोगिता, प्रतिस्पर्धा र अन्य प्रवर्द्धनहरू: BNL ले समय-समयमा आफ्नो वेबसाइट मार्फत कुनै पनि प्रतियोगिता, प्रतिस्पर्धा र यस्तै प्रवर्द्धनहरू ल्याउन र आयोजना गर्न सक्छ जुन प्रतियोगिता, प्रतिस्पर्धा वा प्रवर्द्धन (जसमा नाम, इमेल, प्रयोगकर्ता ID र पासवर्ड समावेश हुन सक्छ।) मा सहभागी हुन भिजिटरद्वारा अनलाईन दर्ता गर्नु पर्ने हुन सक्छ। त्यस्ता प्रतियोगिता, प्रतिस्पर्धा वा प्रवर्द्धन योजनाहरूमा भाग लिनको लागि दर्ता प्रक्रियाको क्रममा BNL ले तपाईंलाई केही व्यक्तिगत जानकारी माग्न पनि सक्छ। BNL ले यस व्यक्तिगत जानकारीलाई यस्तो प्रतियोगिता, प्रतिस्पर्धा वा प्रवर्द्धनहरूमा लागि लागू हुने नियमहरू बमोजिम त्यस्ता प्रतियोगिता, प्रतिस्पर्धा र प्रमोशनहरूको तेस्रो-पक्षीय प्रायोजकहरूसँग (यसलाई BNL द्वारा आयोजन गरिएको भए वा नभएता पनि) साझा गर्न सक्छ। तपाईंले वेबसाइट मार्फत सहभागी हुने प्रत्येक प्रतियोगिता, प्रतिस्पर्धा र प्रवर्द्धनका नियमहरूलाई ध्यानपूर्वक हेर्नुपर्छ, किनभने यी नियमहरूमा BNL सम्बन्धी वा प्रायोजकद्वारा तपाईंको व्यक्तिगत जानकारीको प्रयोगको बारेमा केही अतिरिक्त महत्त्वपूर्ण जानकारीहरू समावेश हुन सक्छन्। तपाईंको व्यक्तिगत जानकारीको प्रयोग सम्बन्धी नियमहरूका सर्त र नियमहरूले यस नीतिको सन्दर्भमा त्यस्ता जानकारीको प्रयोगको दायरालाई विस्तार गर्ने हदसम्म, त्यस्ता नियमहरूका सर्तहरू पनि लागू हुनेछन्।

विशेष प्रवर्द्धन र उत्पादन सम्बन्धी जानकारी: यसका अतिरिक्त, तपाईंलाई BNL का उत्पादनहरू र विशेष प्रवर्द्धनहरू सम्बन्धी अद्यावधिक र घोषणाहरूबारे इ-मेलहरू पठाउनको लागि तपाईंको व्यक्तिगत जानकारीको प्रयोग गर्ने अधिकार BNL ले आफूसँग सुरक्षित राख्दछ। तपाईंले कुनै पनि समय BNL बाट उक्त सन्देशहरू प्राप्त नगर्ने विकल्प रोज्न सक्नुहुन्छ (तलको खण्ड 5 "छनोट" हेर्नुहोस्)।

महत्वपूर्ण संचारहरू:BNL ले समय-समयमा र आवश्यकता भए अनुसार वेबसाइट, तपाईंको लेनदेन सम्बन्धी, वा वेबसाइटको प्रयोगको सन्दर्भमा BNL को नियम, सर्त, र नीतिहरूमा कुनैपनि संशोधन वा परिमार्जनहरूबारे सूचित गर्नको लागि महत्वपूर्ण जानकारी सहित ईमेलहरू ("महत्वपूर्ण इमेलहरू") पठाउनका लागि तपाईंको व्यक्तिगत जानकारीको प्रयोग गर्न सक्छ। महत्वपूर्ण इमेलहरूमा महत्त्वपूर्ण जानकारी समावेश हुने भएकोले तपाईंले महत्वपूर्ण इमेलहरू प्राप्त नगर्ने विकल्प पाउनु हुँदैन।

तेस्रो पक्षीय सेवा प्रदायकहरू:BNL यस्ता तेस्रो पक्षहरूसँग काम गर्दछ जसले वेबसाइट होस्टिंग, क्रेडिट कार्ड प्रशोधन, डेटा विश्लेषण, न्यूजलेटर सेवाहरू, प्रवर्द्धनात्मक गतिविधिहरू, र अन्य प्रशासनिक सेवाहरू लगायतका विभिन्न सेवाहरू प्रदान गर्दछन्। BNL ले त्यस्ता तेस्रो पक्षहरूलाई त्यस्ता सेवाहरू उपलब्ध गर्न सक्षम बनाउने उद्देश्यले, यी तेस्रो पक्षहरूसँग, आवश्यक भए अनुसार, तपाईंको भुक्तानी सम्बन्धी जानकारी लगायतका तपाईंको व्यक्तिगत जानकारी साझा गर्न सक्छ।

विविध: यदि BNL ले त्यसो गर्न आवश्यक ठानेमा BNL ले तपाईंको व्यक्तिगत जानकारीको खुलासा गर्न सक्छ: (i) कानून अनुसार; (ii) कानूनी प्रक्रिया वा सरकारी अनुरोधहरूको पालन गर्न; (iii) प्रयोगका नियम र सर्तहरू लागू गर्न; (iv) हाम्रो सञ्चालनहरूको सुरक्षा गर्न; (v) BNL, तपाईं वा अरूको अधिकार, गोपनीयता, सुरक्षा वा सम्पत्तिको रक्षा गर्न; र (vi) उपलब्ध उपायहरू अपनाउन वा हुन सक्ने क्षतिहरूलाई नियन्त्रण गर्न आफैँलाई सक्षम बनाउन।

समग्र जानकारी:BNL ले वेबसाइटको सुरक्षामा सुधार गर्न, वेबसाइटका कुनै कुनै पृष्ठहरूको लोकप्रियता ट्र्याक गर्न, हाम्रो इमेल सूचनाहरूको सफलता ट्र्याक गर्न, वेबसाइटका ट्राफिक स्तरहरू र अन्य प्रयोग सम्बन्धी डेटाको मूल्याङ्कन गर्नको लागि समग्र जानकारीको विश्लेषण गर्न सक्छ, र यी सबै कुराले BNL लाई उपभोक्ताहरूको रुचि अनुरूप सामग्रीहरू उपलब्ध गराउन, वेबसाइट र सम्बन्धित सेवाहरूमा सुधार गर्न र वेबसाइटमा अन्य प्रकारले भिजिटरहरूको अनुभव बढाउनमा मद्दत गर्नेछ। BNL ले उक्त सेवाहरू उपलब्ध गर्नको लागि आफ्ना अन्य निकायहरू र अन्य तेस्रो पक्षहरूसँग पनि समग्र जानकारी साझा गर्न सक्छ।

3. BNL को गोपनीयता नीति सम्बन्धी अन्य महत्त्वपूर्ण कुराहरू

अभिभावक र बालबालिकाको लागि विशेष जानकारी:वेबसाइट र यसमा दिइएका सामग्रीहरू सामान्य श्रोतावर्गको लागि हो र 18 वर्ष मुनिका बालबालिकाहरूद्वारा प्रत्यक्ष वा स्वतन्त्र रूपमा प्रयोगको लागि होइन। यदि तपाईं 18 वर्ष भन्दा कम उमेरको बच्चा हुनुहुन्छ र यो वेबसाइट प्रयोग गर्न वा कुनैपनि उत्पादन वा व्यापारिक सामानहरू (यदि यो वेबसाइट मार्फत बेचिएको छ भने) खरिद गर्न चाहनुहुन्छ भने, कृपया आवश्यक दर्ता प्रक्रियाहरू र लेनदेन पूरा गर्नका लागि आफ्ना अभिभावकहरूलाई अनुरोध गर्नुहोस्। यदि 18 वर्ष भन्दा कम उमेरको बच्चाले यस वेबसाइटको वा यसको कुनै पनि सुविधाहरूको कुनै पनि प्रयोग गर्ने भए अभिभावकको निगरानीमा गरिनुपर्छ। BNL ले आफ्ना विशेष अफरहरूको प्रचार वा मार्केटिङ प्रयोजनका लागि 18 वर्ष मुनिका बालबालिकाहरूलाई सोझै सम्पर्क गर्दैन। BNL ले जानीजानी 18 वर्ष भन्दा कम उमेरका कुनै पनि बच्चाबाट व्यक्तिगत जानकारी सङ्कलन गर्दैन।

सुरक्षा:BNL को नियन्त्रणमा रहेको सूचनाको हानि, दुरुपयोग र हेरफेरबाट जोगाउन मद्दत गर्न BNL ले पर्याप्त सुरक्षा उपायहरू र साधनहरू अपनाएको छ। कुनैपनि भिजिटरले आफ्नो क्रेडिट कार्ड नम्बर दिएको बेला, भिजिटरको ब्राउजरद्वारा उक्त क्रेडिट कार्ड नम्बरलाई इन्क्रिप्टेड ढाँचामा उद्योग-मानक, SSL (सुरक्षित सकेट तह) इन्क्रिप्शन विधिको प्रयोग गरेर प्रसारित गरिन्छ। BNL ले आफ्नो भिजिटरको व्यक्तिगत जानकारीको सुरक्षा गर्ने भरपूर प्रयास गर्ने भएतापनि, BNL मा पठाइने वेबसाइट मार्फत वा सोसँग सम्बन्धित कुनै पनि जानकारीको सुरक्षाको BNL ले ग्यारेन्टी दिन भने सक्दैन। यदि BNL सँगको तपाईंको अन्तरक्रिया सुरक्षित छैन भन्ने विश्वास गर्ने तपाईंसँग कारण (उदाहरणको लागि, यदि तपाईंलाई BNL सँग भएको कुनै पनि खाताको सुरक्षामा सम्झौता गरिएको महसुस भएमा) छ भने, तपाईंले तुरुन्तै तलको "हामीलाई सम्पर्क गर्नुहोस्" अनुसार हामीलाई सम्पर्क गर्दै उक्त समस्याका बारेमा BNL लाई सूचित गर्नुपर्छ (याद राख्नुहोस् भौतिक पत्रद्वारा सूचना गर्दा BNL ले समस्याको समाधान र प्रतिक्रिया दिन ढिलो हुनेछ)।

अन्य तेस्रो-पक्षीय साइटहरू:वेबसाइटमा तेस्रो पक्षीय वेबसाइटहरूको लिङ्कहरू हुन सक्छन्। यी लिङ्क गरिएका साइटहरू (BNL को अन्य निकायहरूको वेब साइटहरू लगायत) BNL को नियन्त्रण र निरीक्षणमा हुँदैनन् र त्यस्ता तेस्रो पक्षसँग लिङ्क गरिएका वेबसाइटहरूको गोपनीयता अभ्यासहरू वा सामग्रीहरू, वा कुनै पनि लिङ्क गरिएको वेबसाइटहरूमा समावेश कुनै पनि जानकारीको लागि BNL कुनैपनि तवरमा जिम्मेवार हुनेछैन। BNL ले त्यस्ता लिङ्कहरू सुविधाको रूपमा मात्र उपलब्ध गराउँछ, र वेबसाइटमा लिङ्क समावेश गर्नाले BNL द्वारा लिङ्क गरिएको वेबसाइटको समर्थन गरेको मानिनु हुँदैन। यदि तपाईंले कुनै पनि तेस्रो पक्षीय वेबसाइट मार्फत आफ्नो भुक्तान जानकारी वा अन्य व्यक्तिगत जानकारी दिनुभएमा, तपाईंको लेनदेन त्यस्तो तेस्रो पक्षको वेबसाइटमा हुनेछ (र वेबसाइटमा होइन) र तपाईंले प्रदान गर्ने व्यक्तिगत जानकारीलाई उक्त तेस्रो पक्षद्वारा संकलन गरिएको हुन्छ र उसैको गोपनीयता नीतिद्वारा नियन्त्रण गरिएको हुन्छ। तपाईंले कुनै पनि त्यस्ता तेस्रो पक्षहरूको वेबसाइटहरूमा कुनै पनि व्यक्तिगत जानकारी वा भुक्तानी सम्बन्धी जानकारी दिनु अघि उनीहरूको गोपनीयता नीतिहरू र अभ्यासहरूसँग परिचित हुनु जरुरी हुनेछ।

असाइनमेन्ट:कुनै पनि मर्जर, बिक्री, संयुक्त उद्यम, असाइनमेन्ट, स्थानान्तरण वा BNL को सम्पत्ति वा स्टकको सबै वा कुनैपनि अंशको अन्य डिस्पोजिसन (कुनै दिवालियापन वा उस्तै प्रक्रियाको सम्बन्धमा कुनैपनि सीमा रहित लगायत) को स्थितिमा भिजिटरहरूबाट आफूले सङ्कलन गर्ने कुनै पनि र सबै जानकारी तेस्रो पक्षलाई हस्तान्तरण गर्ने अधिकार BNL ले आफूसँग सुरक्षित राख्दछ।

4. तपाईंको जानकारी अपडेट गर्ने र हामीलाई सम्पर्क गर्ने

तपाईंको व्यक्तिगत जानकारीलाई, यो सङ्कलन गरिएको प्रयोजनहरू अनुसार सही, पूर्ण र अद्यावधिक राख्नको लागि BNL ले पर्याप्त प्रक्रियाहरू अपनाएको छ। तपाईले BNL द्वारा राखिएको जानकारीको समीक्षा गर्न सक्नुहुन्छ र उपयुक्त भए अनुसार, BNL लाई उक्त जानकारीलाई सच्याउने अनुरोध गर्न सक्नुहुन्छ। BNL ले तपाईंले पहिला नै उपलब्ध गराएको जानकारीको समीक्षा, सुधार, अद्यावधिक वा अन्यथा परिमार्जन गर्ने विकल्प पनि प्रदान गर्दछ, जसको लागि तपाईंले निम्न हुलाक ठेगानामा पत्र पठाउन सक्नुहुन्छ:

बोटलर्स नेपाल लिमिटेड

बालाजु औद्योगिक क्षेत्र, बालाजु, काठमाडौं

ध्यानाकर्षण: वेबसाइटको गोपनीयता नीति; पब्लिक अफेयर्स, कम्युनिकेशन एण्ड सस्टेनेबिलिटी, बोटलर्स नेपाल लिमिटेड

कृपया तपाईंले समीक्षा गर्न चाहनुभएको वा परिवर्तन भएको जानकारी कुन हो भनेर स्पष्ट बताउनुहोस्। BNL ले जति सक्दो चाँडो तपाईको अनुरोधको पूर्ति गर्ने प्रयास गर्नेछ।

याद राख्नुहोस् अनुरोध गरिएको व्यक्तिगत जानकारीमा कुनै पनि हटाउने वा परिवर्तन गर्ने कार्य भएतापनि BNL को डाटाबेस र अन्य अभिलेखहरूमा रहने अवशिष्ट जानकारीहरू पनि हुन सक्छन्, जुन हटाइने वा परिवर्तन गरिने छैन।

5. विकल्प

समय-समयमा, BNL ले तपाईंलाई BNL बाट इमेल र अन्य जानकारीहरू प्राप्त गर्न इच्छुक हुनुहुन्छ वा हुनुहुँदैन भनेर बताउने अनुरोध गर्न सक्छ। यदि तपाईं यी संचारहरू प्राप्त गर्ने विकल्प रोज्नुहुन्छ भने, BNL ले तपाईंको अनुरोधहरूसँग मिल्ने इमेल वा अन्य जानकारीहरू तपाईंलाई पठाउनेछ र प्रवर्द्धन र कुपनहरू अफर गर्नेछ।

यदि कुनै पनि समयमा तपाईं BNL बाट यी इमेल संचारहरू प्राप्त गर्न रोक्न चाहनुहुन्छ भने, तपाईंले वेबसाइटमा प्रदान गरिएको सम्पर्क जानकारी प्रयोग गर्दै BNL लाई इमेल गरेर, कल गरेर वा पत्र लेखेर अथवा तपाईंले प्राप्त गर्नुभएको इमेलमा भएको सदस्यता रद्द गर्ने सुविधाको प्रयोग गरेर त्यस्ता इमेलहरू पठाउन बन्द गर्ने अनुरोध गर्न सक्नुहुन्छ। कृपया तपाईंले BNL बाट इमेल संचारहरू प्राप्त गर्न रोक्न चाहनुहुन्छ भन्ने कुरा खुलाउनुहोस्। यद्यपि, BNL बाट महत्वपूर्ण इमेलहरू प्राप्त गर्न बन्द गर्ने विकल्प भने तपाईंसँग हुनेछैन।

यसका अतिरिक्त, यदि BNL ले तपाईंबाट तपाईंको व्यक्तिगत जानकारी तेस्रो पक्षहरूसँग यस्ता प्रयोजनहरूका लागि साझा नगर्नु भन्ने अनुरोध प्राप्त गरेको र प्रशोधन गरेको छ भने, BNL को सहायक कम्पनीहरू र होल्डिङ कम्पनीहरू लगायत तेस्रो पक्षहरूलाई तेस्रो पक्षहरूको प्रत्यक्ष मार्केटिङ प्रयोजनहरूका लागि तपाईंको व्यक्तिगत जानकारीको खुलासा गर्दैन। यदि तपाईं यस्तो अनुरोध गर्न चाहनुहुन्छ भने, तपाईंले उपरोक्त सम्पर्क जानकारीको प्रयोग गर्दै BNL लाई इमेल गरेर, कल गरेर वा पत्र लेखेर अनुरोध गर्न सक्नुहुन्छ। कृपया BNL ले तपाईंको व्यक्तिगत जानकारीलाई प्रत्यक्ष मार्केटिङ उद्देश्यका लागि यसको सहायकहरू र/वा अन्य तेस्रो पक्षहरूलाई खुलासा गर्नु हुँदैन भनेर तपाईं अनुरोध गर्नुहुन्छ भन्ने जनाउनुहोस्।

6. रोजगार खण्ड

वेबसाइटमा हाम्रो रोजगार खण्डका लागि लिङ्क समावेश हुन सक्छ, जसमा BNL मा काम गर्दा कस्तो लाग्छ, हाम्रो लक्ष, दृष्टिकोण र मूल्यहरू, र BNL का कार्यालयहरूमा जागिरका लागि आवेदन दिने विधिहरू समावेश गरिएका हुन्छन्। वेबसाइटको यस भाग मार्फत, वा वेबसाइटको यस खण्डमा दिइएको इमेल ठेगानाहरूमा बुझाइएको कुनै पनि व्यक्तिगत जानकारीलाई BNL को मानव संसाधन नीतिद्वारा व्यवस्थित गरिनेछ।

7. नीतिमा परिवर्तनहरू

BNL ले यस नीतिलाई, र वेबसाइट मार्फत सङ्कलन गरिने जानकारीको प्रयोग सम्बन्धी यसका कुनै पनि नीति वा प्रक्रियाहरूलाई कुनै अग्रीम सूचना बिना नै परिवर्तन गर्ने अधिकार आफूसँग सुरक्षित राख्दछ। नीतिमा भएको कुनै पनि परिवर्तनहरू वेबसाइटमा संशोधित नीति राखेपछि प्रभावकारी हुनेछन्। त्यस्ता परिवर्तनहरू पश्चात वेबसाइटको प्रयोग गर्दा तपाईंले त्यतिबेला लागु भएको संशोधित नीतिलाई स्वीकार गर्नुभएको मानिने छ। BNL ले नीतिको सबैभन्दा नयाँ संस्करणसँग परिचित हुनलाई यो पृष्ठलाई बुकमार्क गर्न र आवधिक रूपमा समीक्षा गर्न तपाईंलाई प्रोत्साहन गर्छ।

यस नीतिले वेबसाइट मार्फत व्यक्तिगत जानकारीको सङ्कलन र BNL द्वारा त्यस्ता जानकारीको प्रयोग गर्ने तरिकाको सम्बन्धमा BNL को अभ्यासहरूको एकमात्र, अधिकृत कथनको प्रतिनिधित्व गर्दछ। तेस्रो पक्षको सफ्टवेयरद्वारा वा अन्य प्रकारले (उदाहरणका लागि, गोपनीयता प्राथमिकताहरूको लागि प्ल्याटफर्म वा "P3P" को सम्बन्धमा) उत्पन्न गरिने यस नीतिको कुनै पनि सारांशको कुनैपनि कानुनी प्रभाव हुने छैन, BNL लाई बाध्यकारी हुनेछैन, यस नीतिको विकल्पका रुपमा भर परिने छैन, साथै यस नीतिलाई प्रतिस्थापन गर्नै छैन वा परिमार्जन गर्ने छैन।

8. सहमतिको संशोधन कानून

यस वेबसाइटको प्रयोग गरेर, तपाईं यस नीतिका सर्तहरू र BNL द्वारा यहाँ उल्लिखित प्रयोजन र ढङ्गमा व्यक्तिगत जानकारी र भुक्तानी सम्बन्धी जानकारीको प्रयोग र व्यवस्थापनको लागि सहमति जनाउनुहुन्छ। यदि यो नीतिमा परिवर्तन भएमा, BNL ले वेबसाइटमा अद्यावधिक नीति राखेर यी परिवर्तनहरूबारे तपाईंलाई जनाउने सुनिश्चित गर्न हरेक उचित कदमहरू चाल्न चाहन्छ। तपाईंको भिजिट र गोपनीयता सम्बन्धी कुनैपनि विवाद यो नीतिको अधीनमा रहनेछ। उक्त नीति नेपालको कानुन बमोजिम व्यवस्थित र स्थापित हुनेछ। यसबाहेक, यसबाट उत्पन्न हुने कुनैपनि विवादको सम्बन्धमा कुनै कारबाही गर्नको लागि काठमाडौं, नेपालका अदालतहरूको विशेष अधिकार क्षेत्र हुनेछ भनेर अपरिवर्तनीय रूपमा र बिना शर्त सहमती भएको छ।