कोका-कोलाले कतारमा रहेका नेपाली आप्रवासी कामदारहरूसँग FIFA विश्वकपको अनुभव साझा गरेको छ

09/12/2022

काठमाडौं, 9 डिसेम्बर 2022 - आफ्ना प्यारा उपभोक्ताहरूसँग प्रत्याशित FIFA विश्वकप 2022 मनाउन, कोका-कोला नेपालले उक्त टूर्नामेंटका लागि स्टेडियमहरू निर्माण कार्यको अभिन्न अंग रहेका कतारमा बस्ने 7 जना नेपाली आप्रवासी कामदारहरूलाई प्रत्यक्ष खेल हेर्ने सुनौलो अवसर प्रदान गरेको छ। फुटबलको प्रशंसक भएकोले, उनीहरूले जीवनमा एक पटक स्टेडियममा प्रत्यक्ष खेल हेर्ने मौका पाएकोमा आफ्नो उत्साह व्यक्त गर्दै कृतज्ञता प्रदान गरेका छन्।

कोका-कोला नेपालले नेपालमा आफ्नो परिवारलाई राम्रो जीवन प्रदान गर्न आफ्नो घर छोडेर आउने आप्रवासी कामदारहरूको निस्वार्थ भावना र मेहनतलाई बुझेको छ। यो पहल भनेको उनीहरूको प्रयासलाई मान्यता दिन र विश्वको सबभन्दा लोकप्रिय फुटबल प्रतियोगितामा केही खूशी फैलाउन कोका-कोला नेपालले गरेको विनम्र प्रयास थियो।

यस पहलका बारेमा कुरा गर्दै, श्री कोका-कोला नेपालका आवासीय निर्देशक आदर्श अवस्थी भन्नुहुन्छ, “कोका-कोला धेरै वर्षदेखि FIFA विश्वकपको आधिकारिक प्रायोजक रहँदै आएको छ र यस वर्ष हामीले कतारमा स्टेडियम निर्माणको अभिन्न अङ्ग रहेका नेपालीहरूमा पुगेर केही खूशी फैलाउन चाहेका हौं। उनीहरूको कडा मेहनत र बलिदान साँच्चै नै प्रेरणादायक छन् र हामी उनीहरूप्रति हाम्रो समर्थन व्यक्त गर्न चाहन्छौं। उनीहरूले प्रत्यक्ष खेल हेरेर रमाइलो र ताजा अनुभव पाएका छन् भन्ने हामी आशा गर्दछौं।

यस वर्ष कोका-कोलाको दशैं अभियानकै क्रममा, आफ्नो परिवारको पालनपोषण गर्न विदेशमा लामो समय देखि काम गरेर बसेका 14 जना नेपाली आप्रवासी कामदारहरूलाई कुवेतबाट नेपाल ल्याई परिवारसँग पुनर्मिलन गराइएको थियो।

 

कोका-कोला नेपालका बारेमा

कोका-कोला नेपालले कोका-कोला, स्प्राइट, फ्यान्टा, चार्ज्ड तथा किनले को आफ्नो खास उत्पादनहरू मार्फत देश भरिका उपभोक्ताहरूलाई ताजगी प्रदान गर्छ, तथा एक प्रणालीका रूपमा हजारौंमा प्रभाव पार्छ। कम्पनीले जल संरक्षण, पानीको परिपूर्तिको नवीन एकीकृत जल व्यवस्थापन समाधानका लागि साथै समुदायहरूको जीविकामा सुधार ल्याउन WWF Nepal, WaterAid Nepal तथा Smartpaani सँग मिलेर काम गर्छ जसले कोका-कोलालाई एउटा जल साकारात्मक कम्पनी बनाएको छ। ‘World Without Waste’ तर्फ कोका-कोला कम्पनीको प्रतिबद्धताको हिस्सा स्वरूप, कोका-कोला विगतको 3 वर्ष देखि नेपाली सेनाको नेतृत्वमा चल्दै गरेको नेपाल माउन्टेन क्लिन-अप अभियानसँग मिलेर काम गर्दैछ जहाँ हाल सम्म हिमालयबाट 71,000 केजी भन्दा धेरै फोहर सङ्कलन गरिएको छ। सक्षम कार्यक्रम मार्फत, कोका-कोला नेपालले 1000 महिला खुद्रा व्यापारीहरूलाई पनि वित्तिय साक्षरता, आतिथ्य, तथा सरसफाइ व्यवस्थापन, तथा डिजिटल वालेटको प्रयोगबारे तालीमहरू प्रदान गरेर सशक्त बनाउँदैछ। कोका-कोला नेपाल सम्पूर्ण देश भरिका समुदायहरूको जीवनमा साकारात्मक फरक ल्याउन निरन्तर रूपमा स्थानीय तवरमा सान्दर्भिक पहलहरूमा संलग्न हुने गर्दछ।